झाप्रोवाट सुरु भएको कृषि वजारको लोभ लाग्दो प्रगती

सिन्धुली,सानो एउटा झाप्रोवाट सुरु गरेको कमलामाई नगरपालीका वडा नम्वर ६ मा रहेको कृषि वजार व्यवस्थापन समितीले लोभ लाग्दो प्रगती गरेको छ । अहिले कृषि वजारसँग ६९ वटा कोठा भएको तमास लाग्दो भवन रहेको छ । कमलामाई नगरपालीकाको मुख्य व्यापारी केन्द्रमा रहेको कृषि वजारको ४५ वटा कोठाहरु २ हजार २ सय देखी ३५ हजार ५ सय ९९ सम्म सटर भाडामा लागेको छ ।

अझै २२ वटा केठाहरु भाडामा लाग्न वाँकी रहेको व्यवस्थापक नवजार खड्काले वताए । २ वटा कृषकलाई आफ्नो कृषि उद्पाटन ल्याएर वेच्न निशुल्क कृषक चौतारी सटरको व्यवस्था मिलाएको छ । कृषक चौतारी सटरमा विचौलीयाले ल्याएर कृषि उत्पादन विक्री वितरण गर्न पाउने छैन कृषि वजार व्यवस्थापन समितीका व्यवस्थापक खड्काले वताए ।

कृषि वजार व्यवस्थापन समितीको भौतिक संरचना निर्मााणको लागी नेपाल सरकार कृषि विभागको साँझेदारीमा गरिएको छ । भौतिक संरचना निर्माण गर्दा विभागले ६० प्रतिशत तथा कृषि वजार व्यवस्थापन समितीको ४० प्रतिशत लगानी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *