ट्रक व्यावसायि संघ सिन्धुलीको अध्यक्षमा दाहाल निर्वाचित

सिन्धुली,ट्रक व्यावसायि संघ सिन्धुलीको अध्यक्षमा तारा बहादुर दाहाल (दीपक) निर्वाचित भएका छन । सातौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट दाहाल दोश्रो कार्यकालको लागी अध्यक्षमा र्निविरोध निर्वाचित भएका हुन।

संघको उपाध्यक्षमा विष्णु थापा, सचिवमा सूर्य बहादुर श्रेष्ठ, कोषाध्यक्षमा जीवन श्रेष्ठ, सदस्यहरूमा मित्र बहादुर थापा, जगनाथ दाहाल र खुल बहादुर श्रेष्ठ चयन भएका छन ।
संघको अध्यक्षमा निर्वाचित भए पछि दाहालले ट्रक व्यवसायीको व्यवसाय संकटमा पुगेको वताए । राति ९ बजे देखी बिहान ५ बजे सम्म मात्र बिपी राजमार्गमा ट्रक संचालन गर्नु पर्ने बाध्यताले हाम्रो व्यवसाय रात्रिकालीन व्यवसाय बनेको उनको भनाई छ । ८ घण्टा मात्र ट्रक संचालन गर्नु पर्ने बाध्यता हुँदा चालक र सहचालकलाई समस्या भएको उनले वताए ।

जिल्लामा करिव दुई सय ट्रक व्यवसायी रहेकोमा अहिले ५० लेखी ६० वटा ट्रक व्यवसायीहरू भएको उनले वताए । विपी लोकमार्गमा निर्धारणले गर्दा व्यवसायी मारमा परेकाले दाहालको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *