सिन्धुली,कमलामाई नगरपालीका वडा नम्वर १२ तिनतलेका हरिवहादुर श्रेष्ठको घर पैरोले जोखिममा परेको छ । केही दिने अघिको अविरल वर्षादले उनको आगन सहित घरको गाह्रो पैरोले तानेको थियो । श्रेष्ठको घर पैरोले ढल्ने भए पछि सो घर मुनिका अन्य ३ घरपरिवाले आफ्नो घर छाडेर अन्यत्र वस्न थालेका छन् ।
वागमती प्रदेश सभा सदस्य छेत्रवहादुर वम्जनले पैरो पिडीत श्रेष्ठको घर अनुगमन गरेका छन् । मैले पिडीतलाई वागमती प्रदेश सरकारले आवश्यक सहयोगन गर्ने वचन दिएको वताए । पैरोले तानेको घरमा नवस्न पनि भनेको छु । हिउँद लागे पछि प्रदेश सकारले घरको जोखिम न्युनिकरण गर्न आवश्यक सहयोग गर्छ प्रदेश सभा सदस्य वम्जनले भने ।