तिनपाटनका कृषकलाई पशु,राईस मिल,कृषि सामाग्री वितरण

सिन्धुली,जिल्लाको तिनपाटन गाउँपालिकामा १६ जना कृषक लाई पशु,राईश मिल,कृषि सामाग्री वितरण गरिएको छ । तीनपाटन गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र हाम्रो प्रयास नेपालको सहजिकरणमा सञ्चालित कृषि तथा पशुपालन विकासमा आधारित साना किसान तथा युवा उद्यमसिलता साझेदारी विकास परीयोजनाका समुह सदस्यहरुलाई कम्बाईन राईस मिल तथा बिभिन्न कृषि सामाग्री वितरण गरिएको छ ।

पशुपालनको लागि दाना बनाउन सहजता साथै धान कुटाईको समस्या समाधानको लागि सहजता पुग्ने उदेश्यले समुहको सदस्यहरुलाई ५० प्रतिशत लागत साझेदारीमा १६ जनालाई कम्बाईन राईस मिल र व्यवसायिक रुपमा तरकारी उत्पादनको लागि तीनपाटन गाउँपालिका वडा नम्बर ११ अन्तरगत मुल समुह तथा उपहार समुहका कृषक सदस्यहरुलाई तरकारी खेतीका लागि कृषि समाग्रीहरु प्लास्टिक टनेल, हजारी, स्टेकिङ्ग क्लिप, पहेलो पासो, हजारी, प्लाष्टिक डोरीहरु पशुपालनको लागि बीउ पाठि बाख्रा वितरण हाम्रो प्रयास नेपालका अध्यक्ष गंगा दाहालले वताउनुभुयो ।

तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापा मगरको अध्यक्षतमा उपाध्यक्ष धन बहादुर पुलामी, प्रशासकिय अधिकृत पदम बहादुर बस्नेत, लगायत जनप्रतिनिधिहरु र हाम्रो प्रयास नेपाल सिन्धुलीका अध्यक्ष गंगा दाहाल, हेफर इन्टरनेश्नल नेपालका ठाकुर खड्का तीनपाटन गाउँपलिका पशु शाखा प्रमुख जयन्त कार्की, कृषि शाखा प्रमुख कमल घिसिङ को उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *