काठमाडौँ,सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले बागमती, कर्णाली र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनु भएको हो ।
जसअनुसार सरकारले बागमतीमा दीपकप्रसाद देवकोटा, कर्णालीमा यज्ञराज जोशी र लुम्बिनीमा कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।