तेस्रो राष्ट्रिय माझी गाेल्डकप फुटबल प्रतियाेता सुरू

सिन्धुली, तेश्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता सोमबारदेखि सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ७ बाह्रबिसेको खेल मैदानमा सुरु भएको छ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गर्नुभएको प्रतियोगिताको पहिलो खेलमा नेपाल माझी उत्थान संघ, सिन्धुली ‘ए’ ले सुरुवाति जित निकालेको छ । सिन्धुलीले ३–० को अन्तरले नेपाल माझी उत्थान संघ, मोरङलाई पराजित गरेको हो । जितकालागि राजकुमार माझी, सागर माझी र सन्दिप माझीले एक/एक गोल गरेका थिए ।

विभिन्न जिल्लाका माझी समुदायसँग समन्वय र सम्पर्कका साथैै माझी युवाहरुलाई राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक अवस्थालाई मजवुद बनाउने उद्देश्यले आयोजित प्रतियोगिता नौँ दिनसम्म संचालन हुनेछ । कार्तिक २१ गतेसम्म चल्ने फुटबल प्रतियोगितामा विभिन्न जिल्लाका २३ वटा टिमको सहभागिता छ ।

मंगलबार नेपाल माझी उत्थान संघ, लमजुङ र नेपाल माझी उत्थान संघ बाग्लुङ्ग पर्वतबिच बिहान ८ बजे खेल हुनेछ । त्यस्तै, दिउँसो साढे १ बजेदेखि रौतहट र सिन्धुपाल्चोक र साढे ३ बजे महोत्तरी र धनुषाबिच खेल हुने नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले जानकारी दिनुभयो ।

विजेता टिमले दुई लाख ६५ हजार ५ सय ५५ रुपैयाँ, दोश्रो हुनेले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ र तेश्रो हुनेले ६६ हजार ६ सय ६६ रुपयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछ ।

२०७६ देखि माझी राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आरम्भ गरिएको थियो । नेपाल माझी उत्थान संघ, मकवानपुरको आयोजनामा मकवानपुर जिल्लामा सम्पन्न भएको पहिलो संस्करणमा रामेछाप जिल्ला माझी उत्थान संघ विजयी भएको थियो । फाईनल खेलमा सिन्धुलीलाई टाइब्रेकरमा ३–० गोल अन्तरले पराजित गर्दै रामेछाप विजयी बनेको हो । त्यस्तै, नेपाल माझी उत्थान संघ, रामेछापको आयोजनामा सम्पन्न भएको दोश्रो संस्करणमा रामेछाप ए र मकवानपुरबिच भएको फाइनल खेलमा रामेछाप ए विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *