सिन्धुली,खानेपानीको समस्या भएको सिन्धुलीको कमलामाइ नगरपालिका ४ का दलित परिवारलाइ वडा नम्बर ४ वडा कार्यालयले खानेपानी सङ्कलनका लागि ट्याङकी बितरण गरेको छ ।
खानेपानीका लागि लामो समयदेखि समस्या झेल्दै आएका सिन्धुलीको कमलमाई नगरपालिका–४ का २८ दलित घर परिवारको लागि वडा कार्यालले खानेपानी सङ्कलनका लागि बिहीबार हिलटप ट्याङ्की बितरण गरेको वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले जानकारी दिए।
अध्यक्ष ढकालका अनुसार कमलामाइ नगरपालिका वडा नम्बर ४ को चालु आर्थिक वर्ष ०८०र०८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार दलित बस्तीमा निशुल्क ट्याङकी बितरण गरिएको हो । सो वडाको ढकालगाउँ शिखरका १५ घर परिवार र ढाँडेका १३ घर दलित परिवारलाई ट्याङकी दिइएको छ ।
वडामा दलित बस्ती रहेको ढकालगाउँ शिखर र ढाँडेका प्रत्येक दलित घर परिवारलाई खानेपानीको समस्या समाधानका लागि वडा कार्यालयले एक हजार लिटर क्षमताको हिलटप ट्याङ्की निःशुल्क वितरण गरेको छ ।
दलित वस्तीमा निशुुल्क पानी ट्याङकी बितरण
