दाेलखामा वस दुर्घटना २२ जना घाइते

दोलखा ,दोलखाको वैतेश्वर र तामाकोशी गाउँपालिकाको सिमाना गोपीखोलामा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

वैतेश्वर गाउँपालिका १ गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बा २ ख ५४२९ नम्बरको को यात्रुवाहक बस गोपीखोलामा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् । आज बिहान ९ बजे अनियन्त्रित भएर बस सडकबाट २० मिटर तल खसेको दोलखा प्रहरीले जनाएको छ । घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी दोलखाको सामुदायिक अस्पताल र च्छो रोल्पा अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *