सिन्धुली,सिन्धुलीको दुधौली नगरपालिका–१,गिचिहानी गाउँमा वर्षाका कारण आएको बाढीलेठूलो क्षति पुर्याएको छ । दिउँसो साडे ३ बजेतिर आएको मुसलधारे वर्षापछि पछि दुधौली नगरपालिका–१ मा रहेको विचित्र खोलामा आएको बाढी अचानक बस्तीमा पसेको थियो ।
बस्तीमा बाढी पसेपछि एक महिला घाइते भएकी छिन् । १० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
दुधौली नगरपालीका १ का भद्रा कुमारी दनुवार,ध्यानावती दनुवार,वुद्धला कुमर दनुवार,आशा अधिकारी दनुवार,संगिता थापा,लक्ष्मी कुमर दनुवार,शिव नाथ दनुवार,निशा दुनवारको घरलाई क्षति पुर्याएको प्रहरीले जनाकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय दुधौलीका प्रमुख सिमोन धितालको कमान्डमा १० जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो ।
बाढी घरभित्र पस्दा स्थानीय भद्र कुमारी दनुवार घाइते भएकी छिन् । घरभित्र फसेकी दनुवारलाई प्रहरी टोलीले सकुशल उद्धार गरेको थियो । घाइते दनुवारको अवस्था मध्यम रहेको र उनको दुधौली नगर अस्पताल सिर्थौलीमा थप उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बाढीका कारण दुधौली नगरपालिका–१, गिचिहानी गाउँका घरमा बाढी पसेर क्षती पुर्याको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
स्थानीय प्रशासनले बाढी पीडितहरूलाई राहत र आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरिरहेको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुवेदीका अनुसार बाढीपिडितहरुलाई अस्थायी रुपमा तत्काल बास बस्ने व्यवस्थापन भएको जानकारी दिए ।
खोलामा पानीको बहाव बढेर पुनःडुवान हुने भएकोले उनीहरुको घरभन्दा अलि पर बासको व्यवस्थापन गरेको उनको भनाई छ । अझै पानी परिरहेकोले सतर्क रहन प्रहरीले अनुरोध गरेको छ ।
