दुधौलीको ४ नम्वर वडामा ३ वटा कार दुर्घटना

सिन्धुलीको दुधौली नगरपालीका वडा नम्वर ४ मा करिव एक घन्टा अगाडी छुट्टा छुट्टा ३ स्थानमा दुर्घटना भएको छ । वडा नम्वर ४ को खनियाँ,कर्मा तथा पचरुखीमा ३ वटा कार दुर्घटना भएको हो । ओभर स्पीडको कारण कारहरु दुर्घटना भएको नेपाल विधुत प्राधिकरणका कर्मचारी सरोज खड्काले जानकारी दिए । खड्का पनि नेपाल विद्युत प्राधिकरणको काम लिएर दुधौली गएका थिए ।

दुर्घटना आफुले नजिकवाट देखेको खड्काले वताए । तिन वटा कार दुर्घटनाको क्षेती विवरण आउन वाँकी रहेको छ । दुर्घटना डकाहा वजार भन्दा तलतिर वाडीगाँउ खनियाँ भन्दा मास्तिर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *