सिन्धुली,दुधौली नगरपालीकामा रहेको दुधौली अस्पताललाईृ वागमती प्रदेश सरकारले प्रादेशिक अस्पतालको रूपमा स्तर उन्नति भएको छ । सिन्धुलीको दुधौली अस्पताल सहित चितवनको माडी अस्पताल, रामेछापको मन्थली अस्पताल, दोलखाको जिरी अस्पताल र सिन्धुपाल्चोकको मेलम्ची अस्पताललाई प्रदेश अस्पतालका रुपमा थप हुन लागेको उहाँले बताउनुभयो ।
वामती प्रदेश सभामा बोल्दै मुख्यमन्त्री शालिकराम जमकट्टेलले दुधौली अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा स्तर उन्नति भएको घोषणा गरे । सिन्धुलीको दुधौली अस्पताल सहितका मुख्यमन्त्री जमकट्टेलले ५ वटा अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा थप स्तर उन्नति गर्ने घोषणा गरेका हुन ।
जिल्लामा यस अगाडि पनि सदरमुकाम कमलामाई नगरपालीका ६ सिन्धुली अस्पताल यस अघिनै १ सय क्षमताको प्रादेशिक अस्पतालको रूपमा सञ्चालित छ ।