दोरम्बाको लेखर्क पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

मन्थली,रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गएर राति आएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । पहिरोमा पुरिएका चारजना अझै बेपत्ता छन् ।

पहिरोमा परी ३२ वर्षकी चण्डिका थापा मगर र उहाँका १८ महिनाका छोरा आमुस श्रेष्ठको ज्यान गएको छ । चण्डिकासँगै सो घरमा पुरिएकी अञ्जना पहरीको भने जीवितै उद्धार गरिएको छ ।

पहिरोले घर बगाउँदा पुरिएका ५७ वर्षीय उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी र ११ वर्षका विज्ञान पहरीको शव पनि निकालिएको उद्धारमा भैरहेको छ ।

पहिरोले स्थानीयका चारवटा घर बगाएको छ भने पहिरोको कारण पुरै बस्ती जोखिममा छ । गाउँको माथिबाट ठाउँ ठाउँमा पहिरो गएको छ ।

पहिरोले स्थानीयका चारवटा भैँसी, तीनवटा गाई, २९ वटा बाख्रा लगायतका पशु बस्तु तथा धनमाल समेत बगाएको छ । बाढीले स्थानीय ढोइगाउँ खोलामा रहेको पक्की पुल बगाएको छ । त्यस्तै घट्टे खोलाको पुलमा पनि क्षति पुर्‍याएको छ । वेपत्ताको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *