काभ्रे(,अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल–खावा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । गाडी बिग्रिएपछि राजमार्ग विहान ४ बजेदेखि पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । खावा चौकीभन्दा केही माथि गाडी बिग्रिएको हो । गाडी बनाउन मिस्त्री बोलाइएको छ । सडक खुल्न अझै समय लाग्ने देखिएको छ ।
पकुचादेखि जिपलाइनसम्मको क्षेत्रमा समेत गाडी गुड्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । पहिरो र हिलोका कारण यो क्षेत्र सबैभन्दा बढी जोखिम युक्त बनेको हो ।
निर्माण कम्पनीले सयममै काम नगरिदिँदा विगत ३ वर्षदेखि धुलिखेल–खावा सडक खण्डमा यात्रा जोखिमपूर्ण बनिरहेको छ । पकुचादेखि धुलिखेल तर्फ पनि ठाउँ–ठाउँमा पहिरो गएको छ । धेरैजसो ठाउँमा एकातर्फी मात्रै सडक खुलेको छ ।
पानी पर्न थालेसँगै निर्माण कम्पनीले सडकको काम रोकेको छ । दुई पांग्रे र चार पांग्रे साना सवारी साधनलाई सबैभन्दा बढी मार पर्ने गरेको छ ।