नगरपालीकाको २६ भाईमा अटेनन महेन्द्रदेव श्रेष्ठ

सिन्धुली,नेकपा एमालेको असोज ८ र ९ गते हुने वागमती प्रदेशको प्रथम अधिवेशनमा कमलामाई नगरपालीकावाट भाग लिन जाने २६ जना प्रतिनिधि छनोटमा कमलामाई नगर कमिटीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ परेनन । एमालेको कमलामाई नगरपालीकाले शनिवार साँझ प्रदेश अधिवेशनमा माग लिन जाने प्रतिनिधिहरुको नाम टुङगो लगाएको छ ।

सिन्धुली कमलामाई नगर भुगोल खुल्ला,महिला र संघिय निर्वाचन क्षेत्र २ को दलित क्लस्टरवाट भाग लिन जाने प्रतिनिधिहरुको नाम सर्वसम्मत छनोट गरेको वैठकमा सहभागी मिथिला फुयाँलले सार्वजनिक गरेकी छन् ।

संघिय क्षेत्र नम्वर २ वाट दलित भुगोलवाट सिफारिस हुनेहरुमा क्रमश रामवहादुर विश्वकर्मा,सराजे विश्वकर्मा,केशर वहादुर नेपाली,उमा विक,शंकर वहादुर साार्की निर्मला रम्तेल छन् । यस्तै कमलामाई नगरपालीका नगर क्षेत्र र भुगोलवाट महिला प्रतिनिधिहरुमा क्रमश मन्जु देवकोटा,रस्मीला देवकोटा,रमा शर्मा,पार्वती भट्टराई,मेनुका तिमल्सिना,मन्जु देवकोटा(ख) र धनकुमारी तामाङ्ग छन् ।

यस्तै पुरुष तर्फ खड्गवहादुर खत्री,विनोद खड्का,पुष्पराज श्रेष्ठ,भरत पोखरेल,कर्ण घिसिङ्ग,नवराज थिङ्ग,सन्दुर तामाङ,दिपेन्द्र फुयाँल,टिका मोक्तान,कैलाश ढुंगेल,विजय मुनाल घिसिङ्ग र खड्ग चौलागाई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *