सिन्धुली,भोजपुरबाट सिन्धुली हुँदै काठमाडौँ लैजानेक्रममा सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा रहेको सार्वजनिक शौचालय जाने भन्दै फरार भएका नाइजेरियन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उनलाई प्रहरीले ८ घण्टा लगाएर पक्राउ गरेको हो ।
अध्यागमन विभागको निर्देशनमा अवैध बसोबास गर्दै आएका नाईजेरियाका नागरिक वलुवासोगो ग्लोरी ओडेलाई पक्राउ गरेर प्रहरीले बीपी राजमार्ग हुँदै काडमाडौं लैजाँदै गर्दा मंगलबार साँझ शौचालय जाने भन्दै फरार भएका थिए ।
सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेका अनुसार फुटबल खेलाडी रहेका ती फरार ओडेलाई घेराबन्दी गरेर गोलन्जोरकै बाराबाट नियन्त्रणमा लिइएको हो । काठमाडौँबाट सर्लाही जाँदै गरेको प्रदेश २,०३,००१ ज ००१४ नं ईभी गाडीमा जाँच गर्दा फेला पारेर नियन्त्रणमा लिई अध्यागमनलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।