सिन्धुली,जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जिल्लाका मतदाता नामावली अद्यावधिक गर्ने जनाएको छ । निर्वाचन आयोगले मंगलवार जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय सर्वपक्षिय कार्यक्रमको आयोजना गरी सो जानकारी गराएको हो ।
अद्यावधिक गर्नु अघि त्रृटी सच्याउन,एक भन्दा वढी स्थानमा नाम भए एक स्थानमा मात्रै मतदाता कायम गर्न,मृत्यु भएका नागरिक्ता त्यागेका व्यक्तीहरुको नाम मतदाता नामावलीवाट हटाउन सकिने निर्वाचन कार्यालयले जानकारी गराएको छ ।
कार्यक्रममा स्थानिय निकायका प्रमुख,उपप्रमुख,प्रमुख,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुखहरु,प्रशासकिय अधिकृतहरु सहभागी थिए ।