निर्वाचित भएको २ वर्षमा मरिण गापाको १२२ महत्वपुर्ण योजना सार्वजनिक

सिन्धुली,मरिण गाँउपालीकाले वर्तमान टिम निर्वाचित भएको दुई वर्षमा गरेका महत्वपुर्ण योजनाहरु सार्वजनिक गरेको छ । मरिण गाँउपालीका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)ले आफु निर्वाचित भएको दोश्रो वर्ष गाँठको अवसरपारेर अध्यक्ष मोक्तानले १ सय २२ महत्वपुर्ण योजनाहरु ल्याएको वताए । ति योजनाहरु कतिपय सम्पन्न भैसकेका छन भने कतिपय चालु अवस्थामा रहेको मोक्तानले महत्वपुर्ण योजना सार्वजनिक गर्दै वताएका हुन ।

जेष्ठ नागरिक, अशक्त रअपाङ्गता भएका व्यक्तिहरुको त्रैमासिक रुपमा स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण,करिब २४ करोड लागत अनुमानको १५ शैया मरिण आधारभूत अस्पताल निर्माणको चरणमा,सुत्केरी प्रोत्साहनका लागि गर्भवती जाँच यातायात खर्च बापत २ हजार प्रदान गरिएको छ । सहिद परिवार सम्मान गर्ने कार्यक्रम रहेको छ । कृषि विकास अन्तर्गत विभिन्न पकेट विकासका कार्यक्रमहरु तथा मरिण गाउँपालिका अन्तर्गतका विभिन्न वडाका खेलमैदानहरु निर्माण गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण जिल्ला विद्युत कार्यालय सिन्धुली सँगको सहयोग एवं समन्वयमा गाउँपालिका अन्तर्गतका वडाका विभिन्न स्थानहरुमा ग्रामीण विद्युतीकरणका कार्यहरुलाई तीब्रता दिएको अध्यक्ष मोक्तानले जानकारी दिए । गाउँपालिकाको खलंगा, कार्की डांडा, ठूलीदमार आम्वास र कुँडुले लगायतका स्थानहरुमा नेपाल टेलिकमको टावर स्थापनाको लागि सर्वेक्षण,मरिण गाउँपालिका वडा नम्वर ५ का पिछडिएका बर्गका नागरिकहरुलाई विद्युतीय चुल्हो वितरण गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा शव राख्न फ्रिज व्यवस्थापन,सुत्केरी हुँदाको बखत गर्भवती महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान,छोरी जन्माउने सुत्केरीलाई ५ हजार पोषण भत्ता प्रदान गरिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित वसोवासीहरुलाई लालपुर्जा वितरण गर्ने प्रयोजनार्थ ऐलानी जग्गा नापजाँजको कार्यलाई तिव्रता दिएको छ ।

स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने महिलाहरुलाई जनहि १ लाख रुपैया नगद हस्तान्तरण गरिएको छ । मातृभाषाको प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारको सरकारी कामकाजको भाषा तामाङ भाषा संरक्षण र प्रवर्द्धनमा संचालित तालिमका भएको छ । अनाथ तथा द्धन्दपीडित परिवारका वालवालिकालाई छात्रावृत्ति प्रदान,अनाथ तथा द्धन्दपीडित परिवारका वालवालिकालाई छात्रावृत्ति प्रदान जस्ता कार्यक्रमहरु ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *