सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा नेपाली काँग्रेस र एमाले पार्टी छाडेर सयैँको संख्या नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । निर्वाचित पुर्व वडा अध्यक्ष बालकृष्ण नेपाल माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पुर्व वडा अध्यक्ष नेपाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसबाट हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
हरिहपुरगढी गाउँपालिका २ झनझनेमा भएको जनसभामा माओवादी केन्द्रका उप(महासचिव जनार्दन शर्माले टिका, अवीर लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।
‘घर घरमा माओवादी जन जनमा माओवादी’ भन्ने नाराकासाथ सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको तीनमहिने अभियान अन्तर्गत आज सिन्धुलीको हरिरपुरगढी गाउँपालिका झनझनेमा जनसभा कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उप महासचिव जनार्दन शर्मा, सांसद राजन दाहाल,महेश्वर दाहाल, बाग्मती प्रदेशसभा सदस्यहरु सरल सहयात्री, युवराज चौलागाईँ,वमध्वज लामा,इश्वरी भट्टराई लगायतका नेताहरुको सहभागिता रहेको छ ।