नेपाली पर्व अनुसारको कृयाकलाप गर्दै ताम्लीङ्ग सतीदेवीका विद्यार्थी

सिन्धुली,जिल्लाको सुनकोशी गाँउपालीका वडा नम्वर ३ को ताम्लीङ्गमा रहेको सतीदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरु नेपाली चाड पर्व अनुसारको कृयाकलाप विद्यालयमा गर्ने गरेका छन । शुक्रवार आज नागपन्चमी नेपालीहरुको घर घरमा नागको तस्वीर लिएर व्राम्हणहरु आउने र घरको मुलढोकामाथि गाईको गोवरले नागको तस्वीर टास्ने परम्परा हाम्रो समुदायमा छ ।

सुनकोशी गाँउपालीका ३ सेतीदेवीका विद्यार्थीहरुले विद्यालयमै वसेर नागको तस्वीर वनाए । नागपन्चमीको दिन नागको तस्वीर वनाएर शिक्षकहरुलाई साथमा राखेर नागको तस्वीर प्रर्दशन गरे । अनि विद्यालयको ढोकामा विद्यार्थीले नागको तस्वीर टाँसे । विद्यार्थीले वनाएको नागको तस्वीर विद्यालयका शिक्षीका पारुल खड्काले सामाजिक संजालमा सार्वजनिक गर्नु भयो ।

शिक्षीका खड्काका अनुसार नेपालीहरुको हरेक चाड दशैमा जमरा,तिहारमा पिङ,माघे सक्क्रान्ती,फागु पुर्णिमा,जनै पुर्णिमा,गुरु पुर्णिमा,असार १५,साउन १ सहित नेपालीले मनाउने हरेक पर्व विद्यालयमा मनाउने गरेको छ । यो प्रकृया करिव ३ वर्ष देखी निरन्तर सेतेदेवी विद्यालयले गरि रहेको खड्काले वताउनुभयो ।

प्लान नेपालले दिएको एउटा तालिममा सहभागी हुँदा जानेको कुरा विद्यालयमा शिकाईको रुपमा प्रयोग गरेको शिक्षिका खड्काले वताउनुभयो । विद्यालयमा २४ जना छात्र र १९ जना छात्र सहित ४३ जान विद्यार्थीहरु कक्षा १ देखी ५ सम्म पठन पाठन हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *