सिन्धुपाल्चोक,सुकुटे क्षेत्र पर्यटकीय स्थलको रुपमा चीरपरिचित ठाउँ हो । यहाँ थकान र तनाव भएका बेला धेरैजसो आराम र मनोरञ्जनका लागि पुग्ने गर्दछन् । विशेष गरी यो ठाउँ सहासिक खेल र्याफ्टिङका लागि बिश्वकै सातौं उत्कृष्ट स्थानमा पर्ने भएकोले आकर्षणको केन्द्रकै रुपमा लिइन्छ ।
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने ठाउँ बिस्तारै फोहोरको डंगुरले दुषित हुँदा व्यवसायीहरुका लागि भनें निकै चुनौती थपिएको छ ।
यसै सिलसिलामा सुकुटे क्षेत्र र सुनकोसी नदि जोगाउन सिन्धु पर्यटन व्यवसायी संघ र लेट्स क्लिन अप नेपाल नामक संस्थाको संयुक्त प्रयासमा सरसफाइ अभियान सञ्चालन गरिएको छ ।
आयोजक संस्थाहरुले नदि र बजार क्षेत्र सफा राख्न सके मात्र यहाँको पर्यटन जोगिने भएकोले बेलाबेला यस्तो अभियान गर्दै आएको बताउनुभयो । साथै चाँडै डम्पिङ साइटको व्यवस्थापन गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेत आह्वान गरिएको जानकारी दिएका छन् ।