पाँच लाख वरावरको अवैध सामान वरामद

सिन्धुली,सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्वर ९ भिमान चेकपोष्टमा खटिएको प्रहरी टोलीले सर्लाही बाट काठमाण्डौतर्फ जादै गरेको ना १ ज ८५२७ नम्वरको उईङगर गाडी चेकजाँच गर्ने क्रममा विल विजक विनाको मोवाईलहरु वरामद गरेको छ ।

सर्लाही जिल्लाको गोडेटार नपा १० बस्ने बर्ष २९ को बिबेक कुमार साहले सो गाडीको डिकीमा लुकाई छिपाई ल्याएको अवस्थामा बिल नभएको सामान बरामद गरी बिबेक कुमार साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बिभिन्न कम्पनीका पुराना मोवाईल ८९ थान र सामसुङ कम्पनीको ट्याबलेट १ थान १ मुल्य ४ लाख,चम्चा १०० पिस र काटा ११०० पिस मुल्य १ एक लाख सहित ५ पाच लाख वरावर मुल्य पर्ने सामान वराद गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *