सिन्धुली,नेकपा माओवादी केन्द्रको पुर्व जनमुक्ति सेना सिन्धुलीको अध्यक्षमा मरिण गाँउपालीकाका पदमवहादुर अस्थानी (शरण)चयन भएका छन् । २३ औं जनमुिक्त सेना दिवशको अवसरमा माओवादी केन्द्रको पार्टी कार्यालयमा सो घोषणा गरिएको हो । समितीको उपाध्यक्ष राजकुमार श्रेष्ठ र सुदिप कार्की,सचिवमा केशव लोहार,सहसचिवमा हरिकृष्ण घिमिरे,कोषाध्यक्ष संगिता माझी रहेका छन् ।
यसै गरी सदस्यहरुमा क्रमश भुलवहादुर राना,छविलाल श्रेष्ठ,शुक्र सुनुवार,गोपाल श्रेष्ठ,सिताराम रम्तेल,सुनिता तामाङ्ग र अर्जुन विक रहेका छन् । गठन भएको समितीले ९ वटै स्थानिय तहमा पुर्व जनमुक्ति सेनाहरुको पहिचान गर्ने र संगठित गरि पार्टी नेतृत्वसँग जोड्ने काम गर्ने छ ।