पुर्व सभामुख महरा पक्राउ

काठमाडौँ,पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई नेपाल प्रहरीले आज पक्राउ गरेको छ । महरालाई आज कपिलवस्तुबाट पक्राउ गरेको हो ।

महरालाई आज विहान कपिलवस्तुबाट प्रकाउ गरिएको र अहिले काठमाडौँ ल्याउन लागिएको नेपाल प्रहरीका प्रवक्ता भीम ढकालले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

सुन तस्करी प्रकरणमा छानविन आयोगले महरालाई दोषी ठहर गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । महराका छोरा राहुल महरा यसअघि नै भेप प्रकरणमा अहिले पनि थुनामा नै छन ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करी प्रकरणका दोषीहरुलाई कारवाही गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *