काठमाडौं । सर्वोच्च अदालतका न्यायाधिशका निजी सुरक्षा अधिकृत (पीएसओ) को पेस्तोल चोरी गरेको अभियोगमा सिन्धुली र सिन्धुपाल्चोकका दुई जना पक्राउ परेका छन् ।
सर्वोच्च अदालतका न्यायाधिश नहकुल सुुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी गरेको अभियोगमा सिन्धुलीका मेगबहाहुर तामाङ र सिन्धुपाल्चोकका २४ वर्षीय वासुदेव थामी पक्राउ परेका हुन् । उनीहरुले पीएसओ खड्का बस्ने घर नजिकै बाट अंकुश लगाएर झ्यालबाट झोलामा राखिएको पेस्तोल र त्यसमा लाग्ने गोली चोरी गरेको आरोप छ ।
काठमाडौं प्रहरी परिसरका एसपी कुमुद ढुुङ्गेलका अनुसार ३० असारमा चोरी भएको पेस्तोल र त्यसमा लाग्ने ७ राउण्ड गोली बौद्धको शिवमन्दिर नजिकैबाट बरामद गरिएको छ । पक्राउ परेका उपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर कठमाडौंले जनाएको छ ।