प्रजातान्त्रीक सेनानी संघ सिन्धुलीको अध्यक्षमा बाबुराम निर्वाचित

सिन्धुली,नेपाली कांग्रेसको भातृ संगठन नेपाल प्रजातान्त्रीक सेनानी संघ सिन्धुलीको अध्यक्षमा बाबुराम भट्टराई चयन भएका छन् । संघको सिन्धुलीमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुनकोशी गाँउपालीकाका भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।

संघको उपाध्यक्षमा उत्तरकुमार अधिकारी, सचिवमा बिष्णु प्रसाद अधिकारी, सह सचिवमा रामबाबु थापा, कोषाध्यक्षमा मात्रीका ढकाल सदस्यहरुमा शम्भु प्रसाद दाहाल, युबराज न्यौपाने, गुणराज पौडेल, होमनाथ घिमिरे, दिलिप अधिकारी, चेत बहादुर बिक, उर्मिला कोईराला, जगत कल्याण अधिकारी दनुवार र तारा देबकोटा चयन भएका हुन ।

संघको महाधिवेशन प्रतिनिधिहरुमा उज्ज्वल प्रसाद बराल, माणिक कुमार ढकाल, ध्रुब प्रसाद पहाडी र पदेन महाधिवेशन प्रतिनिधीमा अध्यक्ष बाबुराम भट्टराई चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं प्रजातान्त्रिक सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले प्रजातान्त्रिक सेनानीहरुले नेपाली कांग्रेसको इतिहास बोकेको पार्टी संगठनको विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *