सिन्धुली,दुधौली नगरपालीकाको सिर्थौलीमा निर्माण गरिएको दुधौली अस्पतालको माघ २० गते शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेभएको छ । स्थानिय तहले आफैले निर्माण गरेको दुधौली नगर अस्पताल सिन्धुलीको पहिलो अस्पताल हो ।
दुधौली नगरपालिकाका नगर प्रमुख तथा अस्पताल व्यस्थापन समितिका अध्यक्ष दिनेश अधिकारी दनुवारका अनुसार उक्त नगर अस्पतालको भौतिक संरचना केहि महिना अघि नै सम्पन्न भएको हो । तर व्यवस्थापकिय पक्षका साथै प्रमुख अतिथि दाहालको समय व्यस्तताका कारण उद्घाटन गरिएको थिएन । प्रधानमन्त्री प्रचण्डको समय अनुसार अहिले उक्त नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
संघिय स्वास्थ्य मन्त्रालयको अनुदान बजेट १५ करोड ९८ लाख ३६ हजार ७ सय ९३ रुपैयाँ ४८ पैसामा न्यू ड्राइगन निर्माण सेवा प्रालिले अस्पताल भवनको निर्माण गरेको हो । अस्पतालको बाहिरी संरचनाको निर्माण कार्य सम्पन्न भए पनि रेलिङ, लिफ्ट लगायत धेरै उपकरणहरुको आवस्यकता रहेको नगर उपप्रमुख चन्द्रकिशोर थारुले बताउनुभयो ।