प्रसाईलाई गैरकानुनी थुनामा राखेको भन्दै छोराले वन्दी प्रत्यक्षीकरणको निवेदन

काठमार्डौ,मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा अर्को बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । दुर्गा प्रसाइका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् ।

यसअघि पनि यसैगरी दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले प्रसाईंलाई कानुनसम्मत रुपमा थुनामा राखेको ठहर गर्दै निवेदन खारेज गरेको थियो ।

प्रहरी हिरासतमा रहेका प्रसाइमाथि आपराधिक विश्वासघातको आरोपमा अनुसन्धान भइरहेको छ ।

उनका छोरा निराजनले आपराधिक विश्वासघातको अनुसन्धानका क्रममा समेत आफ्ना बाबुलाई गैरकानुनी थुनामा राखिएको जिकिर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *