प्रहरीले हर्षाहीवाट ३३ थान सालको गोलीया वरामद

सिन्धुली,दुधौली नगरपालीका वडा नमवर ६ जगाडी शिव चरण कुमर, उनको छोरा वर्ष ३० को देव कुमर लाई का काटेर चोरी विक्री गर्ने आरोपमा प्रहरीले पक्राउ गरेको छ । दुधौली नगरपालीका ६ जनशक्ति सामुदायिक बनबाट साल जातको काठ काटेर चोरी गरी सन्तविर बिकको बारीमा लुकाई राखेको सुचनाको आधारमा प्रहरीले सालको काठ वरामद गरेको जनाएको छ ।

परालले छोपी लुकाई छिपाई राखेको ३३ थान गोलिया काठ अंन्दाजी १९० क्युफिट काठ वरामद गरेको वागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । शिव चरण कुमर समेतलाई नियन्त्रणमा लिएको छ । वरामद भएको काठ र नियन्त्रणमा लिएका शिव चरण कुमरलाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन
कार्यालय हर्षाही सिन्धुलीमा बुझाईएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *