सिन्धुली,प्राईम वैंक सिन्धुली शाखाले नेपाल राष्ट वैंकको निर्देशन विपरित काम गरेको सिन्धुलीका निर्माण व्यवसायीहरुले आरोप लगाएका छन् । विहिवार व्यवसायीहरु वैंकमा गएर वैकले चालेका कदम विरुद्ध ज्ञापन पत्र वुझाएका छन् । कोरोनाको महामारीको समयमा पनि अरु वैंकहरुले व्याज र किस्तामा केही सहुलियत दिएका छन् । तर प्राईम वैक सिन्धुलीले व्यवसायीहरुलाई कुनै प्रकारको सहुलियत सुविधा नदिएको गुनासो गरेका छन् ।
ओडी,हाइपो,गाढी,र घर कर्जा लगायतका ऋणमा तिर्नु परेको अत्यधिक व्याज घटाई अरु वैंक सरह ११ प्रतिशत भन्दा तल हुनु पर्ने,वैंक जमानतमा लाग्ने ०.३५ प्रतिशत भन्दा माथि लिएको कमिशन घटाउनु पर्ने,विना सुचना पेन्डीङ्गमा रहेका ग्यारेन्टीको कमिसन लिने नियम खारेज गर्नु पर्ने माग वैंक समक्ष निर्माण व्यवसायीहरुले राखेका छन् ।
निर्माण व्यवसायीहरुले वुझाएको ज्ञापन पत्रको वोधार्थ प्राईम वैकको केन्द्रीय कार्यालय कमलपोखरी र नेपाल राष्ट वैंकको केन्द्रीय कर्यालय काठमाडौ दिएका छन् ।
ज्ञापन पत्रमा छेत्रवहादुर वम्जन प्रदेश सभा सदस्य तथा इमानयुल कन्सट्रक्शन प्राली,तुलसी श्रेष्ठ अध्यक्ष निर्माण व्यवसायी संघ,उद्धव दाहाल,नेत्रवहादुर वम्जन,विजय कुमार श्रेष्ठ,सुर्यवहादुर तामाङ,दिलवहादुर वम्जन,तेजवहादुर श्रेष्ठ,खुनवहादुर पुलामी,दानवहादुर तामाङ,विशाल श्रेष्ठ,वमवहादुर स्याङ्गतान,कुशसल पोखरेल,वावुराम तामाङले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।