प्रेस सेन्टरवाट केन्द्रीय सदस्य देउजा निस्कासित

सिन्धुली,प्रेस सेन्टर नेपालले केन्द्रीय सदस्य सन्तोष देउजा (चितवन) लाई संगठनको नीति, विधि, विधान र आचरणविपरित काम गरेको भन्दै संगठनको सवै जिम्मेवारीवाट पदमुक्त गरेको छ ।

संगठनका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ती प्रकाशित गरि देउजालाई कारवाहि गर्नु परेको प्रस्ट्याएका छन् । महासचिव पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

विगत केही समयदेखि सार्वजनीक अभिव्यक्ति सामाजिक सञ्जालमा र मिडियामा लेख्ने, तथा अनुशासनविपरित गतिविधि गरिरहेको र संगठनले पटक पटक त्यसो नगर्न निर्देशन दिँदासमेत वेवास्ता गरी अराजक गतिविधि जारी राखेकोले उनलाई कारवाहि गर्नु परेको जनाएको छ ।

संगठनको अनुशासन समितिको सिफारिसमा साधारण सदस्य समेत नरहनेगरी शनिवार देखी सवै जिम्मेवारीवाट देउजालाई निस्कासन गरिएको जानकारी गराइन्छ विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *