सिन्धुलि,सिन्धुली जिल्लाको फिक्कल गाउपालिकाबाट वुद्धचित्तको माला चोरी भएको भन्दै प्रहरी समक्ष पुगेका आर्यन खतिवडा भन्ने व्यक्तिको वुद्धचित्तको माला उनको नभएको पुष्टि भएको छ ।
घरधनिले काभ्रे तेमाल गाउपालि ९ मेच्छे घर भएका पुस्पलाल दोङ सङ्ग जनप्रतिनिधि राखेर कागज पहिलेनै गरेको पाइएको छ। घरधनिले पुस्पलाल दोङ लाइ ५ बर्सको सम्झौता गरि बिकृ गरिसकेको प्रमाण बाहिरिएको हो ।घर धनिसङ्ग अरुले नै सम्झौता गरेको तर बीचमा आर्यन खतिवडाले त्यो भन्दा धेरै रकम घर धनिलाइ दिन्छु भन्दा बिबाद निस्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एस्पी गोविन्द काफ्लेले वुद्धचित्तको माला फिक्कल गाँउपालीकामा लुटीएको भन्ने उजुरी कसैले नदिएको वताए ।
बिबाद निस्किएपछि खतिवडाले मेरो माला भनि दाबि गर्दै प्रहरीमा जाहेरी दिन आएका थिए तर पहिलेनै अरुसँग सम्झौता गरिसकेको प्रमाण भएकोले प्रहरिले जाहेरी लिएको थिएन ।ब्यक्तिगत रीसिवी साधेर बिभिन्न ब्यक्तिको नाममा जाहेरि दिन जाने क्रममा प्रमाण नभएको भन्दै खुर्कोट चौकिले फिर्ता पठाएको थियो ।घरधनि होम बहादुर सुनुवार आफ्नो माला चोरि नभएको आफैले रुख बाट टिपेर पुस्पलाल भनिने सम्बन्धित ब्यापारीलाई दिएको भनि प्रहरी समक्क्ष भनेपछि बिबाद मिलेको थियो ।
तर खतिवडा भने माला चोरी भएको भन्दै बिभिन्न सन्चार माध्यमहरुमा आएपछि कानुनी कार्बाहिमा जाने पुस्पलाल दोङ बताउछन ।