सिन्धुली,हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले तामाङ चलचित्र संघ तथा चलचित्र विकास बोर्डको प्रस्तुती तामाङ कथानक चलचित्र अस्तुको शुभ मुहुर्त शुभारम्भ गर्नु भएको छ ।
तामाङ चलचित्र संघका अध्यक्ष दिपक तामाङ लामाद्धारा निर्देशीत चलचित्रको हरिहरपुरगढी गाउँपालिकाको विभिन्न स्थानमा छायाङ्कन हुने भएको छ । उक्त कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाज्यूले चलचित्रले तामाङ समुदायको रितिरिवाज, सँस्कृतिको प्रचारप्रसार तथा हरिहरपुरगढी गाउँपालिकाको देश,विदेशमा प्रचार,प्रसार हुने छ भन्दै विश्वास व्यक्त गर्नुभएको छ ।
चलचित्रको छायाङ्कनको लागि आउनुभएका निर्देशक तथा कलाकारहरुलाई गाउँपालिकामा न्यायो स्वागत गरिएको छ । कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलन श्रेष्ठ, ५ नम्बर वडाका वडा अध्यक्ष साइला लामा लगायत शाखागत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।