मकवानपुर,बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन वैशाख ३१ गते आह्वान गर्न सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिनको १ बजे बजेट अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट निर्माणको तयारीमा छ । आजको बैठकले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् ९सीटीइभीटी० प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको छ । सीटीइभीटीको कर्यालय स्थापना, दरबन्दी तेरिज तथा कार्य विवरण स्वीकृत गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० को पहिलो संशोधन र खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८१ लाई स्वीकृत गरेको छ । त्यस्तै हात्तीसुडे–शिखरपुर–अम्बा सडकको स्तरोन्नतिको लागि रुख कटान गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।