काठमाडौं,पाँच महिनाको अवधिमा प्रहरीले वागमती प्रदेशमा सहित करिब ६ हजार रोपनी क्षेत्रफलमा लगाएको गाँजा फडानी गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षदेखि मंसिर मसान्तसम्मको अवधिमा ५ हजार ८१५ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरिएको हो । साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा सबैभन्दा बढी बागमती प्रदेशमा गाँजा फडानी भएको छ ।
बागमती प्रदेशमा २ हजार ९३७ रोपनी, गण्डकी प्रदेशमा ३४५ रोपनी, काठमाडौं उपत्यकामा १२० रोपनी, सुदूरपश्चिम प्रदेशमा १७२ रोपनी, कर्णाली प्रदेशमा ५ रोपनी, लुम्बिीनी प्रदेशमा १६९ रोपनी, मधेश प्रदेशमा २५३ रोपनी, कोसी प्रदेशमा १ हजार ८१४ रोपनी गाँजा फडानी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपालमा औषधिजन्य प्रयोगका लागि बाहेक गाँजाको खेती गर्न तथा बेचबिखन गर्न पाइँदैन ।