बागमती प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक वस्दै

मकवानपुर,बागमती प्रदेशसभा सचिवालयमा आज सर्वदलीय बैठक बस्ने भएको छ । बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आजका लागि बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक आह्वान गरेका छन।

आज दिउँसो दुई बजेका लागि सभामुखबाट सर्वदलीय बैठक बोलाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

सर्वदलीय बैठकमा संसदीय समितिको सभापति चयन, बजेट कार्यान्वयनका विषयमा प्रदेश सरकार र विपक्षी दलबिच भएको सहमति र आगामी प्रदेशसभाको कार्यसूचीको बिषयमा पनि छलफल हुनसक्ने उनले वताए । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भने फागुन १५ गतेबाट सुरु हुने भएको छ ।

मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ गतेको लागी आह्वान गर्नुभएको हो । प्रदेश प्रमुख शर्माले जारी गरेको सूचनामा यहि फागुन १५ गते मंगलबार दिनको ३ बजे प्रदेशसभाको बैठक बस्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *