बागलुङ,जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली बागलुङको ताराखोला आइपुगेको छ।

ताराखोलाको गयर, जहाँ जनयुद्धको बेला माओवादीको तालिम केन्द्र थियो, बंकर समेत रहेको यस स्थानमा ताराखोला गाउँपालिकाले २७ जना सहिदको शालिक निर्माण गरी शहिद पार्क स्थापना गरेको छ।
उक्त पार्कमा अध्यक्ष प्रचण्डले पार्टीका पदाधिकारीहरू सहित महान् सहिदहरूको स्मृतिमा निर्मित शहिद तथा वेपत्ता योद्धा स्मृति पार्कको उद्घाटन, शालिक अनावरण तथा माल्यार्पण गर्नुभएको छ।
