बौद्धमा प्रहरीले गोली चलाउँदा सिन्धुलीका अम्मर घलान घाईते

काठमाडौं,प्रहरीको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालीका वडा नम्वर २ भद्रकालीका अम्मर घलान घाइते भएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समुह विरुद्ध गोली चलाउँदा एक जनालाई गोली लागेको जनाएको छ । गोली लागेर घाईते भएका ती व्यक्तिलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको महाशाखा प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन् । पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले पेस्तोल र ७ राउन्ड गोली बरामद गरेको छ ।

लुटेरा समुह आएको खबर पाएपछि त्यहाँ पुगेको प्रहरी टोलीमाथि गोली प्रहार गर्न हतियार झिकेपछि आत्मरक्षाका लागि भन्दै प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालिका–२ का ३६ वर्षिय अमर घलान घाईते भएका हुन।

घलानको घुँडामुनि र तिघ्रामा गोली लागेको छ । उनको अहिले नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । प्रहरीले लुटेरा समुहका अन्य दुई जनालाई पनि पक्राउ गरेको छ । सिन्धुपाल्चोकका ३० वर्षिय जितेन लामा र सर्लाहीका शन्त लामालाई प्रहरीले रहेका छन। अन्य दुई जना भने फरार भएका छन् । उनीहरुको खोजी भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *