भगवती अंग्रेजी माविले लंगुर खोलाका विद्यार्थीलाई ट्रयाकसुट वितरण

सिन्धुली,तीनपाटन गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री कालिमा मावि लंगुर छविसे र आधारभुत विद्यालय लंगुर नर्कटेका विद्यार्थीहरूलाई ट्रयाकसुट पोषाक वितरण गरिएको हो ।

भगवती अंग्रेजी माध्यमिक विद्यालयले माढीबजार सिन्धुलीले विद्यार्थीहरुलाई कालिमा मावि लंगुर छविसेका दुई सय जना र आधारभुत विद्यालय लंगुर नर्कटेका ४१ जना विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री शुक माया तामाङले वितरण भएको झोला र ट्रयाकसुटले बालबालिकाहरूको पढाइमा टेवा पुर्‍याउने बताउनुभयो ।

ट्रयाकसुट वितरण गर्दै भगवती अंग्रेजी माविका प्रिन्सिपल कृष्ण कुमार उप्रेतीले शिक्षालाई संस्कारसँग जोड्नुपर्ने बताउदै परिवारले बालबालिकालाई संस्कार सिकाउनुपर्ने बताउनुभयो । उहाँले बालबालिकाहरूले प्रविधिलाई पढाईमा सहयोग पुग्ने गरि प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिको दबदभाका कारणले सरकारी विद्यालयको गुणस्तर खस्किदै गएको बताउनुभयो ।


कोबे ईन्टरनेशनल एजुकेसन सेन्टर सिन्धुलीको सहयोगमा कालिका मावि लंगुर छविसेका विद्यार्थी र आधारभुत विद्यालय लंगुर नर्कटेका विद्यार्थीलाई झोला वितरण गरिएको छ ।

कालिमा मावि लंगुर छविसेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धि कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष बाबुराम देवकोटा, पुर्वअध्यक्ष मीन कुमार दाहाल, पत्रकार महासंघ बागमती प्रदेश समितिका पुर्वसचिव राजन गाउँले, पत्रकमर महासंघ सिन्धुलीका कोषाध्यक्ष अनिल भण्डारी, वाईसीएल सिन्धुलीका नेता अविरल राना लगाएको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *