भगवती पाण्डे पक्राउ

काठमाडौं,विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवाती पाण्डे पक्राउ परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका सहप्रवक्ता अनिल अधिकारीले पाण्डे काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरे।

विवादास्पद अभिव्यक्ति दिएको भन्दै पाण्डेविरुद्ध तामाङ समुदायका व्यक्तिहरूले उजुरी दिनु भएको थियो। सोही उजुरीका आधारमा पक्राउ गरिएको हो।ु

पाण्डेलाई तत्काल पक्राउ गरी कानुनी दायरमा ल्याउन माग गर्दै तामाङ र मगर समुदायका व्यक्तिहरूले आज जिल्ला प्रहरी परिसर टेकुमा प्रदर्शन गरेका थिए।

उनले एक टेलिभिजन अन्तर्वाताका क्रममा अधिवक्ता पाण्डेले तामाङ,मगरलगायत समुदायमा दाजुबिहीनबीच विवाह हुनेर जसका कारण समाजमा अपराध फैलिएको अभिव्यक्ति दिएकी थिइन्। उनको अभिव्यक्तिप्रति रुष्ट भएका मगर तामाङ समुदायका व्यक्तिहरू आन्दोलित बनेका थिए।

विवादास्पद अभिव्यक्ति दिएकी पाण्डेविरुद्ध तामाङ मगरलगायतको समूहले उजुरी दिएको थियो। सोही उजुरीको आधारमा प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *