काठमाडौं,काठमाडौं महानगरपालिकाले अनामनगर स्थित भद्रकुमारी घले सेवा सदनको संरचनामा भत्काउन डोजर चलाएको छ । बुधबार दिउँसो महानगर प्रहरीको टोलीले सेवा सदनको भवनमा डोजर चलाएको हो ।
सडकभन्दा भित्री भागमा रहेका भवन पनि महानगरको टोलीले खाली गराउने काम गरिरहेको छ । सेवा सदनमा रहेका सामग्रीहरु हटाएपछि उक्त स्थानमा डोजर चलाउने काम भइरहेको महानगरका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
महानगरपालिका–१० देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।