सिन्धुली,कमलमाई नगरपालीका वडा नम्वर ६ मा निर्माण सम्पन्न भएको आजात स्मृती भवन (नेकपा एमालेको जिल्ला पार्टी कार्यालय)लाई शहरी विकास तथा भवन कार्यालयले भुक्तानि दिएन । कार्यालयले भुक्तानी वुधवार राती १२ वजे सम्म दिई सक्नु पर्ने थियो । शहरी विकास तथा भवन कार्यालयले आजात स्मृती भवन निर्माण गर्न सझौता र कार्यआदेश पाएसँगै आजात स्मृती भवन निर्माणको काम सम्पन्न भैसक्दा पनि ईगो राखेर भवन डिभिजन कार्यालयले रकम भुक्तानी नदिएको नेकपा एमालेका जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठले वताए ।
आजात स्मृती भवन निर्माण समितीले शहरी विकास तथा भवन कार्यालयसँग ३० लाख रुपैयाँ सम्झौता गरेको थियो । शहरी विकास तथा भवन कार्यालयका प्रमुख दुर्गा घिमिरेले आजात स्मृत भवनका नाममा रकम भुक्तानी नगएको वताए ।
