भिमानवाट खैरो हिरोईन सति एक जना पक्राउ

सिन्धुली,इलाका प्रहरी कार्यालय, भिमानले लागु औषध खैरो हिरोईन सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भिमान चेकपोष्टमा बिराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ५ ख ५९८८ नम्वर को हाईस गाडिलाई चेकजाँच गर्दा हाईसमा सवार व्यक्तीको शरिरवाट हिरोईन वरामद गरेको प्रहरीले जनाएको छ ।

 

उदयपुर त्रियुगा नपा ३ बस्ने वर्ष २९ को हेमकान्त चौधरीले लगाएको सर्टको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध खैरो हेरोईन जस्तो देखिने लागु पदार्थ अन्दाज ४.२ ग्राम बरामद गरेको छ । चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी निरिक्षक सुनिल प्रसाद चौरसियाले जनाकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *