सिन्धुली,राष्ट्रिय भुमि आयोगले वुधवार पत्रकार सम्मेलको आयोजना गरी अहिले सम्म गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्लाको स्थानिय तहलाई राष्ट्रिय भुमि आयोगले तिन श्रेणीमा वर्गिकरण गरेको छ । नक्सा र पुर्जा वितरण भएका दुधौली नगरपालीका,कमलामाई नगरपालीका,हरिहरपुरगढी गाँउपालीका र मरिण गाँउपालीका रहेका छन् । लगत संकलन मात्रै भएका सुनकोशी गाँउपालीका र फिक्कल गाँउपालीका छन । यस्तै लगत संकलन र प्रविष्ट मात्र भएका तिनपाटन,ध्याङलेख र गोलन्जोर गाँउपालीका रहेका छन् ।
आयोगले दुधौली नगरपालीका ७२ जना र हरिहरपुरगढी गाँउपालीका ७० जना सहित १४२ जनालाई लालपुर्जा चैत मसान्त भित्र वितरण गर्ने तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । जिल्ला भरिमा भुमिहिन दलित १०६४ जना,भुमिहिन सुकुम्वासी १७९१ जना,अव्यवस्थीत ३०६५५ जना घरपरिवार सहित कुल ३३५१० जनाको लगत संकलन भएको जनाएको छ ।