भूमि आयोगले कमलामाई नगरपालिका–१२ का १५ जना सुकुम्वासीलाई लालपुर्जा वितरण

सिन्धुली,राष्ट्रिय भूमि आयोगले सिन्धुलीको कमलामाई नगरपालिका–१२ का १५ जना भूमिहीन दलित तथा सुकुम्बासीहरूले जग्गा धनी (प्रमाण–पत्र) लालपुर्जा वितरण गरिएको छ ।

कमलामाई नगरपालिकाले आइतबार वडामै पुगेर भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरेको हो । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलका अनुसार ३ जना भूमिहिन दलित र १२ जना भूमिहीन सुकुम्बासी गरी १५ जना सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको जानकारी दिए ।

जिल्ला समन्वय समितिका संयोजक कार्साङ लामा, नगर उपप्रमुख मन्जु देवकोटा भूमि आयोग सिन्धुलीका अध्यक्ष बाबुराम राई, नापी कार्यालय सिन्धुलीका प्रमुख सरोज श्रेष्ठ, मालपोत कार्यालयका प्रतिनिधि समेतको सहभागिता रहेको कार्यक्रममा भूमिहीनहरूलाई लालपुर्जा वितरण गरिएको छ । आयोगले सो वडामा २ सय ६६ कित्ताअन्तर्गत ४८ बिघा २ कठ्ठा १२ धुर जग्गा नापजाँच गरेको थियो ।

राष्ट्रिय भूमि आयोग सिन्धुलीसँगको समन्वयमा कमलामाई नगरपालिका भूमिहीन दलित, भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास सेवाकेन्द्रले १५ जना भूमिहीन सुकुम्बासीलाई ३ बिगाह १३ कठ्ठा १६ धुर जग्गाको लालपुर्जा वितरण गरेको छ ।

उक्त वडामा २३ जना भूमिहीन सुकुम्बासीसहित ३ सय ३६ जनाले जग्गा प्राप्तीका लागि सेवा केन्द्रमा निवेदन दिएका थिए। निवेदन दिएकामध्ये ८ जनाको प्रक्रियामा अयोग्य देखिएका थिए ।

नगरपालिकाले यसअघि कमलामाई नगरपालिका ७ का ८ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिसकेको छ ।

कमलामाई नगरपालिकामा मात्र ७ सय ११ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूले भूमि प्राप्तिका निवेदन दिएको कमलामाई नगरपालिका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास सेवाकेन्द्रका केन्द्र प्रमुख मुकेश तामाङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *