सिन्धुलीको कमलमाई नगरपालीका कमला नदीमा वडा नम्वर ९ र १० जोड्ने पक्की पुलको वागमती प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाले उद्घाटन गर्नुभयो । पुल उद्घाटन गर्दै मन्त्री दुलालले वागमती प्रदेश सकारले पुलसँग जोडिएर आउने पहँच मार्ग सडकको निर्माण गर्ने वताउनुभयो ।
भिमान वजारवाट पुल सम्म आउने सडक स्थानिय समुदायले उपलव्ध नगराए त्यसको वैकल्पिक व्यवस्था गरेर भए पनि कुलोखोला दोभान सडक कालोपत्रे गर्ने उहाँले वताउनुभयो ।
सो कार्यक्रममा प्रदेश सभा सदस्य छेत्रवहादुर वम्जन,प्रदेश सभा सदस्य मात्रीका भट्टराई,जिल्ला समन्वय प्रमुख कारसाङ लामा,कमलाई नगरपालीका उपप्रमुख मन्जु देवकोटा,प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल,कमलामाई नगरपालीका वडा नम्वर ९ र १० का वडा अध्यक्षहरु,कार्यलय प्रमुखहरुको उपस्थिती रहेको थियो ।
कमला नदीमा निर्माण सम्पन्न भएको सो पुल २०७६ सालमा सम्झौता भई २०८० जेठ महिनामा निर्माण सम्पन्न भएको थियो । २१ करोड ६२ लाखको लागतमा पुल निर्माण सम्पन्न भएको प्रादेशिक सडक डिभिजन कार्यलय सिन्धुलीले जनाएको छ ।
पुल वागमती प्रदेशको दोश्रो लामो पुल भएको आयोजनाले जनाएको छ । त्यसको लम्वाई २ सय १२ मिटर रहेको छ । स्पान संख्या ५ छ भने पुलको चौडाई ११ मिटर छ । पुल निर्माण पछि १ हजार ६ सय ९ जनसंख्या लाभान्वीत भएको अनुमान कार्यालयले गरेको छ ।