मन्त्री दुलालद्धारा हरिहरपुरगढी देखि सिन्धुली गढी सम्मको पदयात्रा उद्घाटन

सिन्धुली,ऐतिहासिक गढी किल्ला तथा पदमार्गहरुको सम्वर्दन,प्रवर्दन गर्न भवानी वक्स गण र हरिहरपुरगढी गाँउपालीकाले संयुक्त रुपमा हरिहरपुरगढी देखि सिन्धुली गढी सम्मको पदयात्रा संयुक्त रुपमा आयोजना गरेका छन । पदयात्राको वागमती प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्री युवराज दुलालले पदयात्रीहरुलाई राष्ट्रिय झन्डा प्रदान गरेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रम उद्घाटन गर्दै मन्त्री दुलालले ऐतिहासिक गढीहरुको संंरक्षण र प्रवर्धनमा नेपाली सेनाको भुमिका अनुसरणीय भएको वताउनु भयो । तत्कालीन युद्धको सवुद प्रमाण गढीहरुमा रहेको भौतिक संरचना भएको उल्लेख गर्नुभयो । यस्ता ऐतिहाँसीक संरचनाको संरक्षण गर्न नेपाली सेनासँगसँगै वागमती प्रदेश सरकार पनि लागी पर्ने मन्त्री दुलालले वताउनुभयो ।

नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र वन रक्षक सहित ५४ जना पदयात्री यात्रमा सहभागी छन् । हरिहरपुरगढी देखी सिन्धुली गढी सम्मको करिव ७५ किलोमिटर दुरी ८ दिनमा तय गर्ने कार्यतालिका रहेको छ । हरिहरपुरगढी वाट प्रारम्भ भएको पदयात्रा हरिहरपुरगढीको सेपाहा, मरिण गाँउपालीकाको चुक्टे भदौरे,मधुवनी घ्याङलेख गाँउपालीकाको कोलटार,टुनिभज्याङ सुनकोशी गाँउपालीकाको वन्दीपुर,नागिमा पदयात्रीहरु वास वस्ने छन् ।

त्यस पछि उनीलाई सिन्धुलीगढीमा शिवरात्रीको दिन स्वागत गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा हरिहरपुरगढी गाँउपालीका अध्यक्ष वज्रध्वज वाईवा,मरिण गाँउपालीका अध्यक्ष विमर्ष मोक्तान,प्रमुख जिल्ला अधिकारी भरत खनाल,भवानी वक्स गणका गण पति विमल वाग्ले सहितका व्यक्तीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *