सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर २ को सिन्दुरे दोभान, रातमाटा, पाङ्ग्रेडाँडाँ, सिजाली डाँडाँ, राजबृक्ष, जल्केनीलाई मरिण गाँउपालीकाले अध्यारो मुक्त क्षेत्र वनेको छ । मंगलवार साँझ देखी २ नम्वर वडाका २ सय ९१ वटा घरधुरीमा एकै पटक बिजुली वालेर गाँउ वस्ती झिलीमिली गाँउपालीकाले वनाएको हो ।
मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान(प्रख्यात) ले प्रसारण लाइनको उद्घाटन गरका हुन। साँझमा धिपधिप बल्ने सोलार बत्ती । कहिलेकाहीँ मौसम बदली हुँदा सोलार नबलेपछि टुकी बाल्नुपर्ने बाध्यता । त्यहाँ बालबालिकाले उज्यालोमा पढ्न पाउथे गृहिणीले उज्यालोमा घरधन्दा नै गर्न पाउथे । यसरी नै कैयौँ पुस्ताले जीवन बिताएको वडा नम्बर २ का विभिन्न क्षेत्रका एक सय ९२ घुरधुरीमा मंगलवार साँझवाट विद्युतको केन्द्रीय प्रसारणलाई सँग मरिण ति दुर्गम टोल वस्तीहरु जोडिएका छन् ।
मरिण गाउँपालिकाको ७० प्रतिशत भुभागमा राष्ट्रिय प्रसारणबाट बिधुतीकरण भएपनि अझै ३० प्रतिशत भुभागमा बिजुली बत्ती बाल्न बाँकि रहेको बताउँहुँदै अध्यक्ष मोक्तानले २० प्रतिशत भुभाग नै २ नम्बर वडामै बाल्न बाँकि भएकोमा आज १० प्रतिशतमा बिजुली बालिएको बताउनु भयो । दशै भन्दा अगाबै २ नम्बरमा अन्य ठाउँमा पनि बिधुतीकरणको लागि तयारी भइरहेको अध्यक्ष मोक्तानको वताए ।
बिजुली नहुँदा २ नम्बर वडाका बिभिन्न स्थानका मानिस हरेक क्षेत्रमा पछि परेको अनुभुति भएको अध्यक्ष मोक्तानले बताउनु भयो । विधुत प्रसारणबाट स्थानीयको आर्थिक, सामाजिक, शैक्षिक अवस्था बदल्ने र कृषि क्षेत्रमा पनि उब्जनीमा महत्वपुर्ण भूमिका रहने उनको भनाई छ ।
बिजुली पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ । वर्षौँदेखि टुकी र सोलार बालेर दैनिकी चलाउँदै आएका यहाँका जनताका प्रत्येक घरमा अहिले बिजुली बलेपछि हर्षित भएका छन् ।
“गाउँमा बत्ती नभएर मोबाइल चार्ज गर्न पनि समस्या हुने गर्दथ्यो, अब भने उक्त समस्या हटेको छ, अहिले घरघरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सहज र गाउँ नै उज्यालो भएको छ”, स्थानीयले बताएका छन् ।
बिजुली पुग्दा यहाँका जनाताले नयाँ युगमा प्रवेश गरेको महसुस गरेका छन् । स्थानीयहरु बिजुली पुगेपछि नाचगाँन गरेर खुसियाली मनाएका छन् । केन्द्रीय विद्युतीकरणको विस्तार र सञ्चालनसँगै विद्यार्थीहरुलाई पढ्न लेख्न साथै विद्युतीय क्रियाकलापका लागि सहज भएको छ ।
कार्यक्रममा मरिण गाउँपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष कमल बहादुर आले,प्रमुख प्रसाशकिय अधिकृत ओम दर्जी लगायतको उपस्थिती रहेको थियो ।