मरिणमा एक महिलाको लडेर मृत्यु

सिन्धुली,मरिण गाउँपालिका वडा नम्बर १ भदौरेकी ३० वर्षीय मंगलीमाया रानाको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । राना मरिण गाउँपालिकाको श्री आधारभुत बिद्यालय भदौरेको कार्यलय सहयोगी हुन् ।

बुधबार राना विद्यायल तर्फ आफ्नो काममा गएकी थिइन् तर विद्यालय सम्म नपुगेको र साझँ अबेर सम्म पनि घर नफर्किय पछि उनको आफन्त लगायत स्थानियहरुले खोज्दै जाने क्रममा भदौरे मोटर कच्ची सडक देखि करिव ७० मिटर तल लडेर मृत्यु भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *