मरिणमा काजीमान हरिहरपुरगढीमा अजित सर्वसम्मत हुने सम्भावना

सिन्धुली,नेकपा माओवादी केन्द्र मरिण र हरिहरपुरगढी गाँउ कमिटीको अधिवेशनवाट अध्यक्ष को होला भन्ने चासोको विषय वनेको छ । यही पुस १७ गते मरिण र १९ गते माओवादी केन्द्र हरिहरपुरगढी गाँउ कमिटीको अधिवेशन हुँदैछ । अधिवेशनमा अध्यक्षका सम्भावित पात्रहरु मरिणमा काजिमान थिङ्ग एकल उम्मेदवार हुने भएका छन । भने हरिहरपुरगढीमा अजित मगर,अनिता राई,विल वम्जन र वामुराम राई र अनिल भोलन देखिएका छन् । अजित हरिहरपुरगढीमा माओवादीका सिनियर नेता मानिन्छन ।

उनले अहिले सम्म राजकिय पद कुनै पनि प्राप्त गरेका छैनन । अनिता राई हरिहरपुरगढी गाँउपालीकाको निर्वतमान उपाध्यक्ष हुन । अर्का अध्यक्षका दावेदार वावुराम राई भुमि आयोगका सिन्धुलीका अध्यक्ष हुन । विल वम्जन हरिहरपुरगढी गाँउ कमिटी सचिव हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *