मरिणमा कृषिको पकेट क्षेत्र स्थापना गर्ने सोचमा सरकार छःसांसद दाहाल

सिन्धुली,साहास लघुउधम कृषि सहकारी संस्था को सातौ वार्षिक साधारण सभामा सिन्धुुली क्षत्रे नम्वर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले कृषिलाई आधुनिकि करण गर्ने उदेश्यले मरिण क्षेत्रलाई कुनै एक वालीको पकेट क्षेत्र वनाउने तयारी भैरहेको वताउनुभयो । मरिण जिल्लाको कृषि उत्पादन गर्ने प्रमुख स्थान भएकोले सरकारले यस क्षेत्रलाई विशेष रुपले हेर्ने उहाँको भनाई छ ।

कृषकहरुले उत्पादन गर्ने कृषि जन्य पदार्थ विक्री गर्नको लागी सहकारी आफैले सुपथ मुल्यको पसल स्थापना गरी त्यही पसलवाट आफुसँग नभएको सामान किन्ने र आफुसँग भएको सामान वेच्ने थलोको रुपमा विकास गर्न सके उत्पादित कृषि जन्य पादर्थको वजार खोजी रहन आवश्यक नभएको साँसद दाहालले सहकारीका पदाधिकारीलाई सुझाव दिनुभयो ।

सो कार्यक्रममा मरिण गाँउपालीका अध्यक्ष विर्मश मोक्तान(प्रख्यात)ले मरिण सरकारले कृषि उत्पादनमा गर्न कृषकहरुलाई सहयोग गर्ने वताउनभुयो । अध्यक्ष मोक्तानले मरिण गाँउपालीका भित्रको सहकारी मध्ये साहास सहकारीलाई नमुना सहकारीको स्थापीत गर्न सहकारीका सदस्यहरुलाई सुझाव दिनुभयो । सो सहकारीमा ६ सय सदस्यहरु आवद्ध रहेका छन । सो कार्यक्रममा मरिाण गाँउपालीकाको वडा नम्वर ४ साहान माछा पोखरीमा आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *